महन्त ठाकुर समुहले पनि टुंगो लगायो नयाँ पार्टीको नाम, निर्वाचन कार्यालय जानु अघि बबरमहलमा छलफल हुँदै

काठमाडौ । नेपालका धेरै राजनीतिक दलहरुमा भद्रगोल छ । नेकपा एमाले विभाजनका लागि ठिक्क परेर बसेको छ । यता जसपाको महन्थ ठाकुर समूह पनि नयाँ पार्टी दर्ताको तयारी पुरा गरेर बसेको छ । सरकारले अध्यादेश मार्फत दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेपछि जसपा पनि नयाँ दल दर्ताको तयारीमा बसेको छ ।
सो पार्टीको महन्त ठाकुर समुहले नयाँ पार्टीको नाम पनि टुंगो लगाइसकेको छ । राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यदेश जारी हुनेवितिकै नयाँ दल दर्ताका लागि महन्थ समूह आजै निर्वाचन आयोग जाने भएको छ। नयाँ दल गठनका लागि यतिबेला बबरमहलस्थित पार्टी कार्यालयमा छलफल चलिरहेको उनी निकट एक नेताले जानकारी दिए।
ती नेताका अनुसार पार्टीको नाम टुंगो लागिसकेको र चुनाव चिन्हलगायत अन्य कुरमा छलफल भइरहेको छ।स्रोतका अनुसार महन्थ ठाकुरको अध्यक्षतामा दर्ता हुने पार्टीको नाम जनता समाजवादी पार्टी ९लोकतान्त्रिक० हुनेछ। पार्टीको संरचना भने उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा अलिक भिन्न हुने ती नेताले बताए। जसपा लोकतान्त्रिक उपेन्द्र यादवजीको जसपाभन्दा अलिक भिन्न हुन्छ। भलै यस पार्टीमा पनि कार्यकारिणी सदस्यलगायतको संरचना रहनेछ