विदेशमै हराएर आश मा रेका श्रीमानले जब ‘देवकी ’ भन्दै ८ वर्ष पछि अचानक घर आइपुगे (भिडियो हेर्नुस्)

काठमाडौ । परिवारले अब मोदनाथ फर्केर आउलान् भन्ने सोचेकै थिएनन् । उनी वैदेशिक रोजगारीमा गएका थिए । तर परिवारवाट सम्पर्क विहिन भए । लामो समय सम्पर्कमा नआएपछि परिवारका सदस्यले अनेक अड्कल लगाए । उनले कतै अर्कै विवाह गरेर बसेकी भन्ने पनि सोचे । कुनै मनले अब उनी जिवित छैनन् की भन्ने पनि कल्पना गरे । तर अवस्था परिवारका सदस्यले सोचेको भन्दा फरक थियो । उनी विदेशमै जेल परेका थिए ।
७ वर्ष पछि पहिलो पटक युट्युवर मार्फत उनको म्यासेन्जरमा श्रीमती देवकीसंग कुरा भएको थियो । अहिले उनी घर फर्किएका छन् । आफुले सोँचेको सपना मैले पुरा गर्न सकिन । त्यसमा मलाई क्षमा देउ । म त्यो भन्दा केही बोल्न पनि सक्दिन भन्दै उनले श्रीमतीलाई अंगालेर बेसरी रोए । श्रीमानले त्यसो भनेर भक्कानिएपछि उनको श्रीमतीले पनि मन थाम्न सकिनन् । उनी पनि श्रीमानसंगै रोइन् । ७ वर्षपछि एक युट्युवरले उनलाई श्रीमानसंग कुरा गराएका थिए ।
श्रीमानले देवकी भनेर बोलाउँदा श्रीमतीले पनि रुन्चे अनुहार लगाएर हाँसिन् अनि भनिन्, कहाँ हराउनुभएको यतिञ्जेल ? श्रीमानले भने म जिउँदै छु अब तिमीले केही चिन्ता नगर । तर मलाई विगतको कुरा भने याद नदिलाउ । दुई तिन वर्ष अघि म जिवितै फर्कन्छु जस्तो पनि लागेको थिएन । तर अब म बाँच्छु जस्तो लागेको छ । अब म फर्कन्छु । त्यतीबेला उनले म्यासेन्जरमा भनेका थिए ।
नेपाल आइपुगेका उनले आफुले भगवान जस्तै समझदार श्रीमती पाएको भन्दै श्रीमतीको प्रशंसा गरे । विदेशमा हुँदा उनलाई सबैको याद आउँथ्यो, तर उनीसंग मोवाइल पनि थिएन । म बाँच्छु जस्तो पनि लागेको थिएन । उनले भक्कानिदै भने ।