Logo

काबुलबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाण्डौ आइपुगे (भिडियो हेर्नुहोस्)



काठमाण्डौ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर्ड बिहानमा उनीहरू बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय २७ जना अघि बिहान आइपुगेका हुन् । उनीहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ । राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् । विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ । अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता