Logo

नागढुङ्गामा खटिएका प्रहरीले संका लगेर बसमा राखिएको झोला खोलेर हेर्दा प्रहरीको सत्तो उड्यो  !



 

काठमाडौं, चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट करिब १ किलो ९ सय ग्राम अ वैध ला गूऔ षध गाँजा सहित उदयपुर चौदन्डीगडी नगरपालिका(४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ग।१ ख ६४७५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित उद्धार गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज बसेको सम्बद्ध निकायको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले अगफानिस्तानको घटनाले नेपालमा पनि केही न केही प्रभाव पर्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

मन्त्री खाँणले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काएपछि गर्नुपर्ने तयारीका बारेमा समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वदेश फर्काएपछि गर्नुपर्ने स्वास्थ्य परीक्षणको व्यवस्था, कोरोना सङ्क्रमतिको उपचारको व्यवस्था र अरूलाई घरसम्म पु¥याउने संयन्त्रको समेत व्यवस्था मिलाउन निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि र अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत रूपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका लागि गठित कार्यदलका सदस्यको सहभागिता थियो ।

बैठकमा परराष्ट्र मन्त्रालयले हाल अफगानिस्तानमा रहेका नेपालीको अवस्था, उनीहरूको सुरक्षा र सुरक्षित तवरबाट स्वदेश फर्काउन भइरहेका प्रयासबारेमा जानकारी गराइएको थियो । सुरक्षा निकायका प्रमुखले सो घटनाबाट मुलुकमा पर्न सक्ने प्रभाव र सुरक्षाका सम्बन्धमा अपनाउनुपर्ने सावधानीका बारेमा प्रस्तुति गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह सचिव पाण्डेले अफगानिस्तान घटनाका कारण नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेको बताउनुभयो । उहाँले त्यहाँ रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनैतिक सम्पर्क बढाउने, पर्यटन मनत्रालयले वायुसेवालाई तयारी अवस्थामा राख्ने, नेपाली नागरिकलाई नेपाल ल्याइसकेपछि उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर र होटेल क्वारेन्टिनको प्रबन्ध, खोपको व्यवस्थालगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सीमा नाकामा निगरानी बढाउने, सो घटनालाई लिएर हुन सक्ने कुनै पनि गतिविधिमाथि निगरानी एवम् नियन्त्रण गर्ने गरी तयारी अवस्थामा रहन आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले आइतबार परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपालीको उद्धारका लागि समन्वय गर्न कार्यदल गठन गरेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्नसमेत आग्रह गरेको छ ।

त्यस्तै आवश्यक सम्पर्क कायम गर्न भाइबर र ह्वाट्सएप नम्बरसमेत उपलब्ध गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको उद्धारका लागि कुनै पनि कसर बाँकी नराख्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताइसक्नुभएको छ । प्रमुख राजनीतिक दलले समेत अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता