Logo

अफगानिस्तानमा जोखिममा रहेका नेपालीबारे मन्त्रीपरिषदले गर्यो यस्तो निर्णय, के गर्दैछ सरकार  ?



काठमाडौं । तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्वको ध्यान अहिले अफगानिस्तान तर्फ छ । विभिन्न मुलुकले आफ्ना नागरिक असुरक्षित रहेको भन्दै फिर्ता लैजान थालेका छन् । आफ्ना नागरिक उद्दार गर्न विभिन्न मुलुकले हवाईजहाज लिएर गएका छन् । तर अफगानिस्तानमा रहेका हजारौ नागरिकको ज्यान जोखिममा पर्दा समेत नेपालले उद्दार गर्न सकेको छैन ।

सोमवार बसेको मन्त्रीपरिषद बैठकले यसवारे निर्णय गरेको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए । ‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ’, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उनले भने ।

सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता