Logo

अस्पतालवाट महिलाको शव घरमा पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटना, बाटोमा भयो अर्कौको निधन



काठमाडौ । रोल्पामा शव पुर्याएर फर्किएको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको निधन भएको छ । निधन हुनेमा एम्बुलेन्स चालक छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा रहेका अर्का एक जना ब्यक्ति हाम्फा लेर बाँच्न सफल भएका छन्।

माडी गाउँपालिका वडा नं २ खोलाबाङ भन्ने स्थानमा शनिबार बिहान करिब ४ बजेतिर रा१च ७०५ नम्बरको एम्बुलेन्स दुर्घटना भएका हो । दुर्घटनामा माडी(६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो।

रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले माडी(६ का ३८ वर्षीय प्रितिप्रसाद पुन भने हाम्फा लेर ज्यान जोगाउन सफल भएको जानकारी दिए । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल ख से को थियो ।

डिएसपी सुवेदीले माडी(२ की एक जना महिला घरभित्र आफैं ल डेर अ चेत भएपछि सुनिल स्मृति अस्पतालको एम्बुलेन्सबाट भैरहवा उपचारका लागि लगिएको थियो। ती महिलाको भैरहवामै उपचारका क्रममा मृत्यु भएपछि सोही एम्बुलेन्सले शव बोकेर घरमा पुर्‍याएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता