Logo

दुई साना छोरा लिएर सुतिरहेकी सबितालाई मध्यरातमा जेठाजुले ढोका फोरेर भित्र पसे अनि‘ ….



काठमाडौ । श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएर घर र परिवार धानेर बसेका महिलाहरुले कति दुख सहनुपर्छ भन्ने कुराको कल्पना सायदै कुनै पुरुषले गर्न सक्छ । त्यसमाथि समाज र परिवारले लगाउने लाच्छनाको पाइलै पिच्छे सामना गर्नुपर्छ । सुर्खेतमा एक महिलाले यस्तै समस्या भोगेकी छन् । श्रीमान वैदेशिक रोजगारीमा थिए । वैदेशिक रोजगारीमा जाँदा ऋण लिएर श्रीमानलाई पठाएकी थिइन् ।

त्यो पैसा लिन साहुहरुले ताकेता गरिरहन्थे । उनले एक जना साहुको ऋण अर्का ब्यक्तिसंग सापटी लिएर तिरिन् । घर ब्यवहार गर्दा बाठी भएकी भनेर उनलाई सासु ससुरा जेठाजुले हेला गर्न थाले । तीन वर्ष पहिलेको कुरा हो। मध्यरातमा भेरीगंगा नगरपालिकाकी यि महिला दुई साना छोरा लिएर सुतिरहेकी थिइन् ।

रातीमा उनका जेठाजुले ढोका ढकढक्याए । उनकी जेठी छोरी त्यो रात घरमा थिइनन् । साना बालक लिएर सुतेकी उनी डराइन् ढोका खोलिनन् । तर जेठाजुले ढोका फोरेर भित्र पसे अनि क र णी ग रे र निस्किए । त्यसपछि उनको दुखका दिन सुरु भए । आफु माथि परेको अन्यायको विरुद्ध उनी अहिले पनि लडिरहेकी छन् ।

घटना भएपछि सान्त्वना पाउँला भनेर उनले विदेशमा रहेका श्रीमानलाई फोन गरेर सुनाइन् तर उनका श्रीमानले श्रीमतीलाई सहयोग गर्नु त परै जावस् उल्टै सवितालाई नै दो षी देखाए । आफ्ना दाईलाई विदेशवाट पैसा पठाएर विदेश बोलाए । चरित्रहिन भनेर श्रीमानले नै गाउँभरी सबैलाई फोन गरेर हल्ला फिजाइदिए । उनको श्रीमानको कुरा सुनेर उल्टै गाउँले र परिवारले उनलाई गाउँवाट निकाले ।

सुरुमा त उनले माइतमा पनि सहयोग पाइनन् । साना छोराछोरी बोकेर सहारा खोज्दै माइत गएकी उनलाई आमाले नै भित्र पस्न दिइनन् । तर जब उनले जेठाजु विरुद्ध प्रहरीमा उजुरी दिइन् त्यसपछि भने माइतीले साथ दिए । तर त्यतीञ्जेल ढिलो भइसकेको थियो । श्रीमानले नै पैसा पठाएर जेठाजुलाई अन्तै लुक्न पठाइसकेका थिए ।

तीन वर्ष भइसक्यो उनले न्याय पाएकी छैनन् । तीन छोराछोरीको भविष्यको चिन्ता एकातिर छ भने आफुलाई लागेको लाच्छना विरुद्ध उनी लडिरहेकी छन् । विदेशमा भएका श्रीमानले बेलाबेलामा फोन गरेर मुद्दा फिर्ता लिन दवाव दिइरहन्छन् । छोराछोरीको जन्मदर्ताको असली कागज समेत श्रीमानले लुकाइदिएका कारण छोराछोरीलाई विद्यालय भर्ना गर्न समेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता