Logo

लुम्बिनी प्रदेशमा माओवादीलाई चिठ्ठा, अन्य दललाई किन पर्यो चिन्ता  ?



 

काठमाडौ । आफु अल्पमतमा पर्ने देखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिने तयारी गरेका छन् । त्यसका लागि छलफल गर्न बुधवार विहान संसदिय दलको बैठक राखिएको छ । एमाले सत्ता ढल्ने अवस्था पुगेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रलाई भने चिठ्ठा परेको छ ।

मुख्य तीन पदमा माओवादीकै नेता पुग्ने देखिएको छ । यस्तो अवस्थाले शक्ति सन्तुलन विग्रन सक्ने भन्दै अन्य दलको चिन्ता बढेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका विपक्षी पार्टीहरुले भावि मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावि मुख्यमन्त्रीमा प्रस्तावित गरेका छन् । यहाँ प्रदेश प्रमुख र सभामुख माओवादीकै छन् । तीनवटै मुख्य पद माओवादीले पाउने भएपछि गठवन्धनभित्र शक्ति सन्तुलन विग्रिने चिन्ता सुरु भएको छ ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखमा नियुक्त भएका अमिक शेरचन माओवादीका हुन् । सभामुखमा पहिल्यैबाट माओवादीका पूर्णबहादुर घर्ती छन् । मुख्यमन्त्रीमा प्रस्तावित केसी यसअघि नेकपाको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए । प्रादेशिक संरचनाका तीन मुख्य शक्ति माओवादीको पोल्टामा पुग्ने भएपछि विपक्षी गठबन्धनको मुख्य शक्ति नेपाली कांग्रेसभित्र आन्तरिक चर्चा सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता