Logo

कांग्रेसमा पनि सर्यो एमाले रोग ?  देउवालाई एक्ल्याउँदै रामचन्द्रले बोलाए आफ्नो समूहको केन्द्रीय समिति बैठक



 

काठमाडौं । नेपाली कांग्रेसमा पनि आन्तरिक विवाद उत्कर्षमा पुग्न लागेको छ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको विकल्प खोज्न थालिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवा वि रु द्ध आ क्र मक देखिएका छन् । उनले सोमवार आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक बोलाएका छन् ।

महामन्त्री डा। शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा ३ बजेपछि कांग्रेसको बैठक बस्न लागेको हो । जसमा देउवाको विकल्पका लागि छलफल हुने बताइएको छ । पौडेल पक्षले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाउँदै आएको छ ।

यसअघि सोमवार बिहान पौडेलले देउवालाई महाधिवेशन गर्न समेत नसकेका सभापति असफल भनेर टिप्पणी गरेका थिए । उनले पटक पटक असफल ब्यक्ति सत्तामा पुगेको भन्दै आपत्ती प्रकट गरे । निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि पार्टीको वैधानिकता नै समाप्त हुने अवस्था रहेको भन्दै पौडेल चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता