Logo

छोराले गर्भवती बनाएर भागे, आमाबुवाले गर्भ फा’ल्न ५ लाख रुपैयाको अफर ….? 



 

काठमाडौ । प्रेम गरेका प्रेमी गर्भवती बनाएर हराए । उनका परिवारले स्वीकार गरेनन् । बुवाको निकै पहिले नै निधन भइसकेको थियो । आमाले एक्लै दुख गरेर छोरी हुर्काएकी थिइन् । छोरीका प्रेमीले बिचल्ली पारेर भागेपछि अहिले भर्खर जन्मिएको छोरीको सन्तान काखमा लिएर आमा रुँदै सहयोग मागेकी छन् ।

औरही गाउँपालिका ६ धनुषाकी १६ वर्षीया अविवाहित एक युवतीको घटना हो यो । आपसमा प्रेम भएपछि उनका प्रेमी रवीन्द्र मण्डल भने युवती गर्भवती भएको थाहा पाएपछि सम्पर्क विहिन छन् ।

रवीन्द्रका आमाबुवाले युतवीलाई बुहारी स्वीकार गरेनन् । उनीहरुले गर्भ स्वीकार नगर्ने भन्दै ५ लाख रुपैया दिएर घटना मिलाउन खोजे । तर युवतीले गर्भ राखिन् । उनले अस्पतालमा शल्यकृया गरेर सन्तानलाई जन्म दिइन् ।

निकै कमजोर अवस्थाका आमाछोरीले सयकडा ४ रुपैया ब्याजमा ६० हजार रुपैया श्रण खोजेर अस्पतालको खर्च तिरेको बताएका छन् । दुई छाक खान समेत भएको अवस्थामा रवीन्द्र सम्पर्क विहिन भएपछि यी आमाछोरीको बिचल्ली भएको छ । युवती रवीन्द्रसंग नै बस्न चाहन्छिन् । प्रहरीलाई खोजीका लागि निवेदन दिँदा पनि वास्ता नगरिएको आमा छोरीको गुनासो छ ।

आमा पुकारीले पनि छोरीलाई रवीन्द्रको घरमा बस्ने वातावरण मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेकी छन् । ‘छोरीको गर्भ फा ले र अरु केटासँग बिहे गरिदिनुस् भनेर रवीन्द्रका आमाबुवाले ५ लाख रुपैयाँसम्मको प्रलोभन दिएका थिए’, उनले भनिन्, ‘तर छोरीलाई गर्भवती बनाउने रबिन्द्रसँगै बिहे गर्ने अडान लिएँ । अहिले पनि म त्यहीं भन्छु ।’ प्रतिकात्मक तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता