Logo

जाजरकोट घटनामा युवकले दिए अनौठो बयान, प्रहरी अप्ठेरोमा



 

काठमाडौ । जाजरकोटका एक वडाध्यक्षले कार्यालय परिसरमै एक युवकलाई गरेको ब्यवहारको सामाजिक सञ्जालमा निकै आलोचना भयो । जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका९ २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ पनि गर्यो । उनले एक युवकलाई कु ट पि ट गरेको भिडियो सार्वजनिक भएको थियो । उनलाई प्रहरीले ३ दिन अघि पक्राउ गरेको थियो ।

तर जसलाई उनले यस्तो या त ना दिए उनै युवकले भने प्रहरीमा अनौठो बयान दिएपछि प्रहरी नै अप्ठेरोमा परेको छ । युवकले आफ्नै गल्ती भएको भन्दै प्रहरीमा वडाध्यक्ष विरुद्ध जाहेरी दिन मानेका छैनन् ।

वडाध्यक्ष नेपालीले गत साउन १५ गते आफ्नै भतिज पर्ने सर्पे दमाइलाई बाँ धे र या त ना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरेको हो । त्यस पछि पनि रामबहादुरले आफुले गल्ती नगरेको बताउँदै आएका थिए । आफ्ना भतिज नाता पर्ने युवकलार्य अरुले र क्सी खुवाएर वडा कार्यालय पठाएको र होहल्ला गराउन खोजेको बताएका थिए ।

प्रहरीले ति युवकलाई पनि बोलाएर जाहेरी दिन भनेको भएपनि युवक आफै मानिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले बताए । थापाका अनुसार सर्पेले सो घटनामा आफ्नै गल्ती भएको बयान दिएका छन् ।

युवक र उनकी आमा समेत प्रहरी कार्यालय पुगेका थिए । उनीहरु नातेदार पनि भएकाले वडाध्यक्ष विरुद्ध जान नमानेको प्रहरीको भनाई छ । युवक र उनकी आमाले नै वडाध्यक्षलाई छाडिदिन प्रहरीसंग उल्टै आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता