Logo

नेपालमै पहिलो पटक कर्णाली प्रदेशले सुरु गर्यो यस्तो प्राविधिक सेवा, मन्त्री थापा दंग



 

काठमाडौ । कर्णाली प्रदेशले मुलुकमै पहिलो पटक अनलाइन मार्फत विद्युतीय सवारी दर्ता प्रणाली सुरु गरेको छ । यो सेवावाट कार्यालयमै पुगेर सवारी दर्ता गर्नुपर्ने झण्झटवाट सर्वसाधारण मुक्त भएका छन् । विहिवार कर्णाली प्रदेशका भौतिक पूर्वाधार शहरी विकास मन्त्री अम्मरबहादुर थापाले यसको कार्यक्रमको उद्घाटन गरेका छन् ।

इलोक्ट्रोनिक भ्याकल रजिष्टे«शन सिस्टम ९इभीआरएस० नामक सफ्टवेयर जडान गरेपछि कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणालीबाट सवारीसधानको नवीकरण गर्न शुरु गरेको हो । मन्त्री थापाले यातायात व्यवस्थापन कार्यालय सुर्खेतमा विहीबार सेवाको उद्घाटन गर्दै सेवाग्राहीलाई अनलाईन प्रणालीमार्फत घरैदेखि सेवा लिन पाउने अवसर प्रदान गर्न सकेकोमा खुसी ब्यक्त गरे ।

‘डिजिटल कर्णाली’ अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्दै मन्त्री थापाले ‘सेवाग्राहीले सबै भन्दा बढी सास्ती खेप्नुपर्ने यातायात कार्यालयको ढड्डा प्रणालीको अन्त्य गर्न र छिट्टै स्मार्ट ९ब्लुबुक० सवारी धनी किताव ल्याउने कार्यलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सेवा सुरु भएसंगै कर्णाली प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक नवीकरणका लागि यातायात व्यवस्था कार्यालय पुग्नैपर्ने झन्झट अब हटेको छ । यातायात व्यवस्थाप कार्यालयले अनलाइन मार्फत विद्युतीय सवारी दर्ता प्रणाली शुरु गरेपछि सवारी साधनको वार्षिक कर (ब्लुबुक नवीकरण)  लगायत डिजिटल माध्यमबाट गर्न पाइने भएको हो ।

प्रदेश मातहत रहेको कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय सुर्खेतमा यातायात कर, जरिवाना र नवीकरण शुल्कलगात पनि अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने विभागले तयारी थालेको यातायात व्यवस्था विभागका अर्का कम्प्युटर अपरेटर रुपेश महर्जनले बताए । उनले यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन विद्युतीय सवारी दर्ता प्रणाली उपयुक्त भएको जनाए । उनका अनुसार अनलाइन प्रणाली प्रयोगमा आएसँगै अब सेवाग्राहीले यातायात व्यवस्था कार्यालयहरुमा भीड गर्नु पर्ने छैन ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता