Logo

नेपालको छानबीन टोली तुईन का ट्ने एसएसबीकै पछि लागेर किन गयो भारतको बाटो ?



महाकाली नदि तुइन मार्फत तर्ने क्रममा एसएसबीले तुईन का टे पछि एक नेपाली महाकालीमा हेलिएको घटनाको छानबिन गर्न गृह मन्त्रालयको टोली भारतको बाटो भएर घटनास्थलमा गएको छ । उक्त टोलीको साथमा एसएसबी पनि छ । नेपालीको पक्षमा नभै भारतको पक्षमा छानवीन टोली लागेको भनेर स्थानीय रिसाएका छन् । घटनास्थलमा उक्त टोली विरुद्ध केही नेपालीहरुले नारा(बाजी गरेका छन् ।

भारतको बाटो भएर घटनास्थलतर्फ गई घटनाको छानबिन गरिरहेको भन्दै स्थानीय र नेकपा विप्लवको ३०र३५ जनाको टोलीले घटनास्थलमै गएर नारा(बाजी गरेका हुन् । भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेको छ । त्यही बेला नेपाली छानबिन टोली भारतको बाटो भएर गएको भन्दै बिरोध भएको हो । स्थानीय र केही पार्टीका बिद्यार्थी नेताहरुले घटनास्थलको नेपाल तर्फको महाकाली नदी किनारमा नारा(बाजी गरेका थिए ।

महाकालीमा जयसिंह धामी बे प त्ता भएको घटनाको छानबिन गर्न बिहीबार घटनास्थल गएको टोली भने छानबीन पछि फर्किएको छ । भारतीय बाटो हुँदै गस्कु–माल घाट गएको छानबिन समितिको टोली बिहिबार नै जिल्ला सदरमुकाम खलंगा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता