Logo

निषेधाज्ञा थप कडा बनाउने बेला आयो भनेका सिडियोहरुले १० दिन बढाए निषेधाज्ञाको अ बधि, कस्ता नियम फेरीए  ?



काठमाडौ । काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ। जारी निषेधाज्ञाको मिति सकिने अघिल्लो दिन आइतवार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि सिडियोहरुले तेस्रो भेरियन्टको खतरा बढेको भन्दै निषेधाज्ञा थप कडा बनाउनुपर्ने अवस्था आएको अभिब्यक्ति दिएका थिए । तर थपिएको निषेधाज्ञा साविककै बमोजिम छ । कुनै नयाँ नियम लागू गरिएको छैन ।

आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ। भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन ।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरू बाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्ममात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता