Logo

भिम रावल अचानक किन परिवर्तन भए ? प्रचण्डलाई यस्तो चे तावनी दिएपछि गठबन्धन आत्तिए



 

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा।भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने समयमै त्यस विषयमा कुरा नमिले पछि सांसद पदवाटै राजिनामा दिएको घोषणा गरे । उनले शुक्रवार राजिनामा फिर्ता पनि लिइसकेका छन् । उनको यस्तो निर्णयले रावलले माधव नेपालको पक्ष छोडेर केपी ओलीको पक्षमा गएको अनुमान लगाइयो ।

शनिवार एक कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यस्तै संकेत गरे । उनले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनबीच फाटो ल्याउन भिम रावललाई प्रयोग गरेको आरोप लगाए । हाम्रो गठबन्धन फुटाउन प्रतिपक्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको भन्दै टिप्पणी गरे ।

प्रचण्डको सो टिप्पणीको नेता रावलले कडा प्रतिवाद गरेका छन् । रावलले प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्नु यसैको ‘एउटा खेल’ भएको आरोप लगाएका थिए।कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका लागि लम्पसार पर्न गठबन्धनमा सामेल नभएको जनाएका छन् । रावलले एमाले ढाल्ने ष डयन्त्र वि रू द्ध आफु उभिएको बताएका छन् ।

मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रममा आ क्रो श व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्ते भनाइका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ ।

गठबन्धन प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको हो। यस क्रममा शेरबहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो, देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्रजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधव नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारिता क्रियाकलापलाई पराजित गर्ने रहेको थियो। कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन् । साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।

प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा ९एमाले० लाई ढाल्ने षड्यन्त्रका वि रुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता