Logo

यि ५ महिनाकी बालिकाको के गल्ती थियो ? बुवाका भान्जाले उचालेर फाले तत्काल निधन



काठमाडौ । नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा पाँच महिने बालिकाको ज्यान लिइएको छ । देवचुली–६ मिर्तुङमा मापसे गरेपछि भएको पारिवारिक विवादमा पाँच महिने बालिकाको ज्यान गएकाृ हाृ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मापसे गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग विवाद गरेका थिए। सो क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फा ले का थिए।

पिँढीमा फा लि एर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले जानकारी दिए। घटनामा संलग्न सारुलाई शनिबार पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता