Logo

भैरहवामा गाडीको ठक्करबाट फलफूल व्यापारीको मृ*त्यु



बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।

सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडकखण्डमा लु १ य ८ नं. को स्कारपियो गाडीले हिजो साँझ बाटोको साईडमा फलफूल बेच्ने ठेलालाई ठक्कर दिएको थियो । बिनोदको उपचारको क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता