Logo

हजारौँ मानिसको भीड जम्मा गरेर बाबुराम–उपेन्द्रले कोरोना फैलाए



काठमाडौं । मुलुकभर कोरोना संक्रमणको जोखिम कम भएको छैन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर दैनिक बढिरहेको छ । सरकारले सभा, समारोह तथा भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ ।

तर, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सरकारको निर्देशनविपरीत कोरोना संक्रमणको जोखिम बढाएर राजनीतिक गतिविधि गरेर हिँडेका छन् ।

केही महिना अघि कोरोनको हटस्पोट बनेको पर्सा जिल्लामा सोमबार हजारौँ मानिस भेला पारेर उनीहरुले कार्यक्रम गरेका छन् । कोरोनाभाइरस नियन्त्रणमा सरकारले काम गर्न नसकेको सामाजिक सञ्जालमार्फत आरोप लगाउने बाबुराम आफैं हजारौँ मानिस भेला पारेर कार्यक्रम गर्दै हिँडेका छन् ।

कोरोनाको कहर आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न जनताको स्वास्थ्य सुरक्षामाथि खेलवाड गर्दै बाबुराम–उपेन्द्र राजनीतिक कार्यक्रम गर्दै हिँडेका छन् । जनतालाई राहत बाँड्न निस्कन नसकेका उनीहरु कोरोनाको कहरमा जनमत बटुल्न दौडाहामा निस्केका छन् ।

 

संक्रमितको संख्या बढ्दै जाँदा र कोरोना समुदायमा फैलिएपछि नियन्त्रण तथा रोकथामका लागि सरकारले जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन गरेको आग्रह लत्याएर उनीहरु कार्यक्रम गर्दै हिँडेका छन् । जनताको भोक र प्यास मेटाउँदै स्वस्थ राख्नुपर्ने बेला आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न गाउँ गाउँमा पुगेर बाबुराम–उपेन्द्र राजनीतिक कार्यक्रम गरेका छन् । जनतालाई कोरोनाको जोखिममा पारेर उनीहरु पार्टी प्रवेश गराएको गर्वका साथ सामाजिक सञ्जालमा यति संख्यामा पार्टी प्रवेश गरायौँ लेखिरहेका छन् ।

 

सरकारको निर्देशन पालना गर्नु हरेक नागरिकको दायित्व र कर्तव्य हो । कोरोना कहरमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु गराउनु सबैको नागरिक उत्तरदायित्व पनि हो । कोरोना नियन्त्रणकै लागि सरकारले एक ठाउँमा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन, सभा समारोह, पार्टी गर्न रोक लगाएको छ । तर, यसलाई बेवास्ता गर्दै पूर्वप्रधानमन्त्री तथा सांसदसमेत रहेका बाबुराम जनताको स्वास्थ्यप्रति खेलवाड गरिरहेका छन् ।

 

कुनै बेला कोरोनाको हटस्पट बनेको पर्सामा सोमबार बाबुराम र उपेन्द्रले हजारौँ मानिस भेला पारेर राजनीतिक सभा गरेका छन् । पसाको सखुवा पर्सौनी गाउँपालिका १ औराहा, वडा–५ महुमत र ठोरी गाउँपालिका सुवर्णपुरमा छुट्टाछुट्टै कार्यक्रम गरेको बाबुरामले आफ्नो ट्वीटर ह्याण्डलमा लेखेका छन् । सो कार्यक्रममा १५ सय बढी नेता र कार्यकर्ता नेका, नेकपा लगायतका पार्टी परित्याग गरी जसपामा प्रवेश गरेको पनि उनले जानकारी दिए ।

 

हजारौँ मानिस भेला गराएर पार्टी प्रवेश गराउने बाबुराम र उपेन्द्र सहभागी सो कार्यक्रममा उपस्थित भएका अधिकांशले मास्क नलगाएको बाबुरामले पोष्ट गरेको तस्बिरमा देख्न सकिन्छ । सामाजिक दूरी कायम गरेको देखिँदैन भने बालबालिकादेखि वृद्धवृद्धासम्म सो कार्यक्रममा जम्मा भएका देखिन्छ । नियन्त्रणको बाटोमा रहेको पर्सामा यदी सो कार्यक्रमबाट कोरोना संक्रमण फैलिएमा बाबुराम–उपेन्द्र जिम्मेवार बन्नुपर्छ । राजनीतिक स्वार्थसिद्ध गर्न जनताको स्वास्थ्य सुरक्षालाई जोखिममा पारेको भन्दै बाबुराम–उपेन्द्रको चर्काे आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता