सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

काठमाडौं ।
सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनु पर्ने पहिलेको निर्णय उल्टाएको हो ।
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नु पर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । यात्रु पनि बढी राख्ने र भाडा पनि धेरै असुल गर्ने गरिएको पाइएकाले अब बढी भाडा लिन नपाउने निर्णय गरिएको बताइएको छ ।
यसरी पुरानो निर्णय परिमार्जन गरिए पछि देशभरि कोरोना संक्रमणको जोखिम भने झन उच्च हुने सम्भावना बढेको छ ।