बाबुराम भट्टराईकी छोरी मानुषीले यस्तो तस्बिर सार्वजनिक गरिन्, कसलाई दिइन् झटारो ?
काठमाडौ । पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सकृय छन् । उनले आफ्नो मनमा लागेका कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्छन । उनी अहिले हिन्दुहरुको आस्थाको विरोध गरेको भन्दै आलोचित भएका छन् । केही स्थानमा उनको पुत्ला दहन पनि गरिएको छ ।
आलोचित भइरहेकै बेला उनको अर्को टिप्पणी फेरी ट्रोल बनेको छ । नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको तस्बिर सार्वजनिक गर्दा आलोचना गर्नेहरु माथि टिप्पणी गर्दै डा भट्टराईले आफ्नो भनाई सार्वजनिक गरे । प्रियंकालाई सपोर्ट गर्दै ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै भट्टराईले ट्विट गरेका थिए ।
प्रियंकालाई आलोचना गरेका सामाजिक संजाल प्रयोगकर्ता भट्टराई तिर खनिए । केहीले उनलाई आफ्नो छोरी मानुषीलाई जोडेर पनि टिप्पणी गरे । बाबुरामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै माओवादीनि’कट पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको रु खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ ।
आफ्ना बुवालाई त्यसरी आलोचना गर्नेलाई मानुषीले पनि गतिलो जवाफ दिएकी छन् । मानिस सामाजिक प्रा’णी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो रु भन्दै आस्थाले लेखेको ट्विटमाथि डा। भट्टराईकी पुत्री मानुषी यमी भट्टराईले गतिलो जवाफ फर्काएकी हुन् । उनले महिलाको विशेष अवस्था हो भन्ने जनाउँदै आफ्नो गर्भवती अवस्थाको तस्बिर सार्वजनिक गरिदिएकी छन् ।
उनको सन्तान एक वर्षका भइसकेका छन् । तर उनले पुरानो तस्बिर सार्वजनिक गर्दै बुवाको टिप्पणी गर्नेलाई जवाफ फर्काएकी हुन् । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’भन्दै आफ्नो गर्भवती भुँडीको पुरानो तस्बिर सेयर गरेकी छन् ।
उनी लेख्छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली रुएक प्रकारको बागी कार्य किन नमान्ने रु नेपाली कणहरू सारै रूढीवादी ।’