माधव नेपालले यस्तो प्रतिवद्धता जनाएपछि भीम रावलले राजिनामा फिर्ता लिने, के अब फेरी ओली पक्षसंग वार्ता हुन्छ ?
काठमाडौ । पार्टी भित्रको विवादका कारण संघीय सांसदबाट राजीनामा घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजिनामा फिर्ता लिने भएका छन् । उनलाई राजिनामा फिर्ता लिन चौतर्फी दवाव परेको थियो । उनको निर्वाचन क्षेत्रका सांसदहरुले पनि राजिनामा फिर्ता नलिए आफुहरुले पनि सामुहिक राजिनामा दिने चेतावनी दिएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले पनि राजिनामा फिर्ता लिन भनेका थिए । विहिवार वरिष्ट नेता माधव कुमार नेपाल उनको निवासमै पुगेर राजिनामा फिर्ता लिन आग्रह गरेका थिए । सबैले फिर्ता लिन दवाव दिएपछि उनले शुक्रवार राजिनामा फिर्ता लिने निष्कर्षमा पुगेका छन् । आफ्नो निर्णयबाट पछि हट्ने भएका छन्। उनले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता गर्ने
पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए। उनको यो निर्णयसंगै उनी ओली खेमामा गएको चर्चा चलेको थियो ।
साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । यद्यपि उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाइसकेको छैन।
स्रोतका अनुसार एमाले एक बनाउन ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता नेपाल तयार भएका कारण उनी राजिनामा फिर्ता लिन राजि भएका हुन् । नेपाल पक्षवाट वार्ता टोली संयोजक समेत रहेका उनले राजिनामा दिएपछि वार्ता पनि अन्यौलमा पर्ने अवस्था थियो ।