Logo

यस्तो छ आजको मौसम



काठमाडौं – मंगलबार पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागको मौसम सफा रहने जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ भने उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिएको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा मौसम सफा रहनेछ । त्यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाकीँ भू-भागको मौसम सफा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता