Logo

दसैँ तिहारमा घर जाँदा सात दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नैपर्ने



काठमाडौं। दसैँ, तिहार नजिकिदै गर्दा पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा कोरोनाभाइरसको सक्रमण बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेको छ ।

यस्तो अवस्थामा दसैँ तिहारमा काठमाडौं उपत्यकाबाट घर जाँदा गाउँघरमा कोरोनाको जोखिम बढ्ने सम्भावना देखिएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैँ तिहारमा घर जाँदा अनिवार्य रूपमा क्‍वारेन्टाइनमा बस्नुपर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैँ तिहारमा यात्रा गर्नुअघि सात दिन र गन्तव्यमा पुगिसकेपछि सात दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने बताए।

उनले दसैँ तिहारमा घर जाँदा सात दिन अनिवार्य रूपमा क्‍वारेन्टाइनमा बस्नुपर्ने बताउदै त्यसको निगरानी स्थानीय तहले गर्ने बताए । त्यस्तै क्‍वारेन्टाइन बस्दा कोरोनाको लक्षण नदेखिएमा बल्ल यात्रा गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता