Logo

विहिवार विहान देखियो काठमाडौको सडकमा अनौठो दृष्य, सर्वसाधारण छक्क ?



काठमाडौ । विहिवार विहान काठमाडौको सडकमा अनौठो दृष्य देखियो । सडकभरी यातायातका साधन थिए । मानिसले पैदल नै छिचोल्न नसक्ने यातायात साधनको भिडले सर्वसाधारणलाई समेत अप्ठेरो पारेको थियो । लामो समय यातायात बन्द भएर खाली भएको सडकमा अचानक भरिभराउ सवारी निस्किएपछि सर्वसाधारण पनि छक्क परे ।

तर यो यातायात ब्यवसायीको विरोध थियो । यातायात व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेर विरोध गरेका छन्। विभिन्न स्थानबाट निकालिएको र्‍यालीले रिङरोड परिक्रमा गरेको छ। सबै साना–ठूला सार्वजनिक गाडीहरु रिङरोडमा निस्किएका छन्। जसका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। उनीहरुले भाडा समायोजन र को रो नाविरुद्धको खोप माग गर्दै र्‍याली निकालेका हुन्।

बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको र्यालीले रिङरोड परिक्रमा गरेको हो । र्यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन ले ट्राफिक प्रहरीलाई पनि ब्यवस्थापन गर्न समस्या परेको थियो । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या पनि देखियो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, को भिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता