Logo

सुकुम्बासी आयोगको पदाधिकारी बनेर बदमासी : जग्गा मिलाई दिने नाममा सुकुम्बासीलाई ठगी



काठमाडौं- सुकुम्बासी समस्या समाधान आयोगको प्रदेश समितिको पदाधिकारी बताएर जग्गा उपलब्ध गराई दिने नाममा सर्वसाधारणलाई ठग्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। उनीहरुले पोखरास्थित महानगरपालिका-१४ भोटेचौतारास्थित सुकुम्बासी बस्तीका सर्वसाधारणलाई ठगेको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए।

पक्राउ पर्नेमा कास्कीको माच्छापुच्छ्रे गाउँपालिकाका ३९ वर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देहीको सैनामैना नगरपालिकाका ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ३७ वर्षीय रिता विश्वकर्मा र कास्कीको पोखराका २२ वर्षीया सोनु परियार छन्।

यसैगरी कास्कीको पोखराकी २७ वर्षीया सीता सुनार, ५० वर्षीय हर्कबहादुर विक र २४ वर्षीय मौसम सदाशंकर पनि पक्राउ परेका छन्। उनीहरु सबै पोखरामा बस्दै आएका थिए। प्रहरीले उनीहरुको साथबाट विभिन्न मितिमा बसेको बैठकको निर्णय उल्लेखित रजिस्टर, नगद उठाएको रजिस्टर, रसिद प्याड, १९ थान नागरिकताका प्रतिलिपि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गिरोहले भोटेचौतारास्थित ३ सय रोपनी क्षेत्रफलमा सरकारले घरजग्गा उपलब्ध गराउने र तत्कालै अमिन ल्याएर नापजाँच गर्ने भनि स्थानीयसँग पैसा उठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता