Logo

ललिता निवास प्रकरण : ७ आरोपितलाई बिना तारेख रिहा गर्न विशेषको आदेश



काठमाडौं- विशेष अदालत काठमाडौंले ललिता निवास जग्गा घोटला प्रकरणमा अदालत उपस्थित भएका ७ जना आरोपितलाई साधारण तारेखमा पनि नराख्ने गरी रिहा गर्न आदेश गरेको छ। विशेषका न्यायाधीश शिवराज अधिकारी र बालेन्द रुपाखेतीको इजलासले सोमबार ७ आरोपीलाई तारेखमा समेत नराख्ने गरी रिहा गर्न आदेश जारी गरेको हो।

 

 

 

तारेखमा नराख्ने गरी रिहा हुनेमा सर्मिला शाक्य (वज्राचार्य), रेणुका बज्राचार्य, प्रविन ताम्राकार, अच्युतराज राज श्रेष्ठ, सरिता मानन्धर (श्रेष्ठ), सध्या शाक्य र गीता खनाल छन्।

सोही प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई विशेषले आइतबार ५ लाख धरौटीमा रिहा गर्न आदेश जारीको थियो।अख्तियारले उनीहरुलाई जग्गा जफतको प्रयोजनका लागि विपक्षी बनाइएको थियो।

 

सार्वजनिक जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको प्रकरणमा हालसम्म ४५ जनाभन्दा बढी आरोपित अदालतमा हाजिर भइसकेका छन्।

सरकारले सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा तीन पूर्वमन्त्री, अख्तियारका पूर्व पमुख आयुक्त, पूर्वसचिवहरू, भुमि सुधार कार्यालयका कर्मचारी, मालपोत कार्यालयका कर्मचारी, जग्गा खरिद विक्री गर्नेहरुसहित ११० जनालााई विपक्षी बनाएको थियो।

 

 

 

आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले २०७६ माघ २२ गते नेपाली कांग्रेसमा महामन्त्री विजयकुमार गच्छदारसहित भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दायर गरेको थियो। विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता