Logo

नेपालमा आयोजित सागका विजेतालाई भारतले अझै किन दिएन पुरस्कार ?



काठमाडौं । बजेटको समस्याबाट जुधिरहेको भारतीय खेल मन्त्रालयले पदक विजेता र उनका प्रशिक्षकहरुलाई पुरस्कार दिएको छैन । गएको वर्ष नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक जितेका भारतीय खेलाडीलाई त्यहाँको खेल मन्त्रालयले घोषणा गरेको पुरस्कार अझैसम्म नदिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

१३ औँ सागमा भारतले ३१२ पदक जितेको थियो । खेलाडीलाई खेलमन्त्री किरेन रिजीजूले नगद पुरस्कारको घोषणा गरेका थिए । उक्त पदकका लागि खेल मन्त्रालयले तीन करोड ७६ लाख ५० हजार पुरस्कार राशि विजेतालाई दिन बाँकी छ । पछिल्लो समय राष्ट्रिय संघहरुले खेलाडीलाई पुरस्कार दिन आग्रह गरिरहेका छन् ।

नेपालबाट ३१२ पदक जितेर भारत फर्किएपछि खेलमन्त्रीले खेलाडीको सम्मानमा एक समारोह आयोजना गरेका थिए । समारोहमा उनले स्वर्ण पदक विजेतालाई डेढ लाख, रजतलाई एक लाख र कास्य पदक विजेतालाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका थिए । तर खेलाडीहरूले अझै पुरस्कार पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता