कर्मचारीलाई कोरोना देखिएपछि लाइसेन्स कार्यालय ठूलो भर्याङ अनिश्चितकालका लागि बन्द

काठमाडौं- कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलो भर्याङले सेवा बन्द हुने भएको छ। कार्यालयले मंगलबारदेखि अनिश्चितकालका सम्म सेवा दिन नसक्ने जनाएको छ।
कार्यलयले सोमबार एक सूचना जारी गर्दै ३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय लिनु परेको जनाएको छ।