Logo

दूध, पानी र खाद्यान्न सबैभन्दा बढी दूषित र मिसावट



काठमाडौं । बजारमा बिक्री हुने दूध, प्रशोधित पानी र खाद्यान्न सबैभन्दा बढी दूषित र मिसावट हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय गरेको नमुना परीक्षणबाट दूध, पानी र खाद्यान्नमा मिसावट गरिएको फेला परेको हो ।

दूधमा कोलिफर्मको मात्रा बढी, पानीमा तोकिएको मापदण्ड पूरा नगरी उत्पादन र गरेको र खाद्यान्नमा लेबल केरमेट भएको तथा ढुसीसमेत परेको फेला परेको छ ।

विभागका महानिर्देशक उपेन्द्र रायले दूषित उत्पादन गर्ने उद्योगलाई कारबाहीका लागि मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय पानी उद्योग, खाद्य उद्योग र दूधमा कैफियत भेटिएपछि ती उद्योगलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर पार्ने गरी दूषित उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन अनुसार कारबाही गर्न लागिएको छ ।

विभागले खाद्य उद्योग, दाना उद्योग, होटेल रेष्टुरेन्ट, खाद्य पसल लगायतका खाद्य व्यवसायको अनुगमन गरेर ४ सय ३३ वटा नमुना संकलन गरेको थियो ।

संकलित नमुनाको परिक्षण गर्दा १४ वटा प्रतिकुल देखिएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

प्रशोधित पानीको दुई, दूधको पाँच वटा उद्योगलाई कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जानकारी दिएको छ ।

तोकिएको मापदण्ड पूरा नगरी उत्पादन गर्ने दुई वटा खाद्य उद्योग र खाद्य व्यवसायीको उत्पादनमा रोक लगाई सिलबन्दी गरिएको विभागले जानकारी दिएको छ ।

यस्तै खाद्य व्यवसाय सञ्चालन गर्ने खाद्य उद्योगी तथा खाद्य व्यसायीविरुद्ध कारबाहीको क्रममा रहेको २१ वटा मुद्दा कार्यान्वयनको क्रममा रहेको विभागले जानकारी दिएको छ ।

जसमा पाँचवटा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा वितरणमा रोक लगाई मुद्दाको बयान सकेर सरकारी वकिलको कार्यलयमा लैजाने क्रममा रहेको विभागले जानकारी दिएको छ ।

चाडपर्वको समयमा बजार हुन सक्ने खाद्यान्नमा मिसावट, ठगी नियन्त्रण गर्नका लागि विभागले दैनिकजसो ३ वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता