Logo

दशैंलाई लक्षित गर्दै प्रहरीले थाल्यो ‘कर्डन एण्ड सर्च अप्रेशन’



काठमाडौं । चाडपर्व नजिकिएसँगै नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

दसैं–तिहारमा भीडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमारी जस्ता घटना नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लामा प्रहरीले ‘सुरक्षा योजना’ लागू गरेका हुन् ।

दसैं–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंमा ३ हजार ७ सय प्रहरी परिचालन गरिएको छ ।

चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एण्ड सर्च अप्रेशन’ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले बताउनुभयो ।

प्रहरीले लामो दूरीका बसमा छुट्ने र आउने ठाउँमा सादा पोशाकमा प्रहरी खटाएर निगरानी गरिने पनि उहाँले बताउनुभयो ।

धेरै भिडभाड हुने बसपार्क र सपिङ मलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर ‘डग स्निफिङ’ गराउने सुरक्षा रणनीति तयार गरेको छ ।

यसैबीच काठमाडौं प्रहरीले लामो दुरीमा चल्ने सवारी साधनमा यात्रु ठगीमा संलग्न ९७ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता