Logo

कोरोना बिरुद्धको खोप लगाएपछि गर्नु नहुने पाँच कुराहरु के के  हुन् ?



पछिल्लो समय नेपालमा पनि कोरोना बिरुद्धको खोप आइसकेको छ । बिभिन्न पेशागत तथा उमेर समुहमा यो खोप लगाइँदैछ । तर खोप लगाएपछि यसले पूर्ण रुपमा बचाउँछ भन्ने ग्यारेन्टी भने छैन । खोप लगाएपछि पनि धेरै कुराहरुमा विशेष ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।

पहिलो कुरा खोप लगाएर आएपछि खानेकुरामा ध्यान दिनु पर्छ । तारेको, भूटेको चिल्लो, चिसो खानेकुराबाट टाढा बस्नु पर्छ । खोप लगाएपछि मानिसको शरीरमा कमजोरी हुन्छ । यद्यपि, यसलाई खोपको साइड इफेक्टको रुपमा हेरिन्छ । त्यसैले स्वस्थकर खाना सेवन गर्नु पर्छ । मौसमी फलफुल, तरकारी र ड्राइ फुड आफ्नो आहारमा समावेश गर्नु पर्छ । यसबाहेक पानी पि इ राख्नु पर्छ ।

खोप लगाउनासाथ तुरुन्त काममा जानु हुँदैन । कम्तिमा दुई तीन दिन आराम गर्नु पर्छ । २४ घण्टापछि खोपको साइड इफेक्ट पनि देखिन सक्छ । जसका कारण काम गर्दा समस्या नहोस् भन्नाका लागि घरमा नै आराम गर्नु पर्छ ।

यदि तपाईंले खोपको पहिलो डोज लगाउनु भएको छ भने भिडभाडबाट आफूलाई टाढा राख्नु पर्छ । यद्यपि, दोस्रो डोजको खोप लगाइसके पछि पनि यी कुराहरुमा ध्यान दिनु पर्छ । यसका साथै कोभिड १९ का सम्पूर्ण नियमलाई पूर्ण रुपले पालना गर्नु पर्छ, जसमा मास्क लगाउनु, सामाजिक दूरी पालना गर्नु तथा हात धोइरहनु आदि समावेश छन् ।

सकेसम्म घरबाट बाहिर ननिस्कनु नै राम्रो हुन्छ । यदि निस्कनु नै आवश्यक पऱ्यो भने मास्क लगाउनु आवश्यक छ । खोपभन्दा अगाडि जसरी मास्कको प्रयोग गर्नु हुन्थ्यो, त्यसरी नै खोपपछि पनि मास्कको प्रयोग गरिरहनु पर्छ । थोरै लापरवाहीले पनि समस्या ल्याउन सक्छ ।

यदि तपाई मा प से गर्नु हुन्छ भने कोरोना खोप लगाएपछि यी कुराहरुको से व न गर्नु हुँदैन । कम्तिमा केही दिन यी कुराहरु से व न गर्नु हुँदैन । यी पाँच कुराबाट सावधान रहनु भयो भने कोरोनाले तपाईलाई फेरि छुन सक्दैन । प्रतीकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता