Logo

एक लाख घुससहित पक्राउ परेकी सहायक रजिष्ट्रारलाई चार महिना कैद



काठमाडौं, २५ असोज । एक लाख रुपैयाँ घुससहित पक्राउ परेकी कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीता कुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । गत बुधबार बिशेष अदालतले उनको मुद्दामा फैसला गरेको हो ।

२३ माघ २०७५ मा पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । काठमाडौंको एक निजी स्कुलका सञ्चालक कर तिर्न जाँदा कर घटाइदिने भन्दै उनले एक लाख रुपैयाँ लिएकी थिइन् । सो पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता