Logo

किशोरी ब*लात्कारको अभियोगमा किशोर प*क्राउ



कपिलवस्तु, २५ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी पिपराका १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

किशोरले घरमा कोही नभएको अवस्थामा किशोरीलाई जबरजस्ती करणी गरेका थिए । सिमा प्रहरी चौकी चाकरचौडाबाट र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता