Logo

दशैँ–तिहार र कोरोनाका लागि विशेष सुरक्षा योजना बनाउँदै प्रहरी



प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी बिभिन्न योजनाका साथ प्रहरी प्रधान कार्यालयल अगी बढेको छ ।

चाडपर्व नजिकिएसंगै बिगतका बर्षमा जस्तै अप्रिय घट्ना नहोस भन्ने उदेश्यले प्रहरी प्रधान कार्यालयले बिषेस सुरक्षा व्यावस्था अपनाउने योजना बनाएको छ । काठमाडौं उपत्यकाको तीन जिल्लामा सुरक्षा योजना एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी भइरहेको छ भने बाँकी अन्य जिल्लाका प्रहरी कार्यालय समेत विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । हाल जिल्लाले सुरक्षा योजना तयारी अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता कुवेर कडायतको भनाई छ ।

प्रहरीको सुरक्षा योजना सधैँ नै हुने भएपनि चाडबाडका बेला बिभिन्न गतिबिधि हुने भएको कारण अप्रिय घट्ना रोक्ने उदेश्यले अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिने प्रहरिको योजना छ । केही दिन अघि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गराइसकेको प्रहरी प्रवक्ता कडायतले जानकारी दिएका छन् ।

त्यसोत देशमा कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउने काममा प्रहरी कार्यालय जुटिरहेको छ । यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्ने कार्यमा प्रहरी कार्यालय लागेको छ ।

सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने, मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुर्याउने ढङ्गले कार्य गर्न उपत्यकाका प्रहरीलाई सचेत गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता