Logo

बागबजारस्थित होटमा एक भारतीय मृ*त फेला



काठमाडौं। काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सुरज श्रेष्ठको गंगा होलिडे इन होटलमा एक जना भारतीय नागरिक मृत अवस्थामा शनिबार फेला परेका छन्।

ती भारतीय नागरिक होटलको २०८ नम्बर कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेका भारतीय नागरिकमा उत्तराञ्चल घर भएका ६१ वर्षीय अव्दुल्ला लक्ष्मणलाल कठाई रहेका छन्।

कठाई विगत पाँच महिनादेखि उक्त होटलको २०८ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता