शिव धामका बाबा मृ त भेटिए, कसरी भयो
काठमााडौ । कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लि ङ्गा मा बस्दै आएका एक जना बाबा मृ त अवस्थामा फेला परेका छन् । घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक न्यौपानले बताए। ‘अहिले घटनाबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने छ’ उनले भने।
वेदकोट नगरपालिका(४ मा पर्ने शिव लि ङ्गे श्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृ त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नाथ शनिबार बिहान मृ त अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको छ । प्रहरीले नाथको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने जनाएको छ तर स्थानीयले भने उनको घटना रहस्यम भएको आशंका गरेका छन् ।
यो अर्को समाचार, पार्टी एकताको लागि नेकपा एमालेको दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। शनिबार बिहान सिंहदरबारमा विघटित एकता कार्यदल दल सदस्य र नेताहरु बीच छलफल चलिरहेको छ।
शुक्रबार स्थायी समितिले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ। एकताका लागि भएको सहमतिको पक्षमा निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ। कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकामा बैठकले धन्यवाद दिँदै कार्यदल विघटन गर्ने निर्णय गरेको छ।
एमाले एकताका लागि भन्दै जेठ २ मा दुवै पक्षका पाँचरपाँच जनाको कार्यदल गठन गरिएको थियो। कार्यदलमा संस्थापनतर्फ स्थायी समिति सदस्य सुवास नेम्बाङको नेतृत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल र विष्णु रिमाल थिए। नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए।