Logo

तिहारमा रानीपोखरी खुला गर्ने, के हुँदैछ तयारी ?



२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीको पुनः निर्माण सकेर यसै वर्षको तिहारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । सम्भवत भूकम्पले भत्काएका सर्यौ सम्पदाहरुमध्ये रानीपोखरी धेरैको चासो र चिन्ता भएको सम्पदा हो । र सबैभन्दा छिटो पुनः निर्माण छिटो सकिने सम्पदा पनि सम्भवता रानीपोखरी नै बनेको छ ।

पुनःनिर्माण सम्पन्न भएको रानीपोखरी यस वर्षको तिहारमा सर्वसाधारणका लागि खोलिने भएको छ । भूकम्पले भत्काएको ५ वर्ष ६ महिनापछि रानीपोखरी पुरानै स्वरुपमा फर्किएको हो । ढिलै भए पनि पुनः निर्माण सकिएपछि काठमाण्डौकै सुन्तरता बोकेको रानीपोखरीले धेरैलाई उत्साहित बनाएको छ । आगामी तिहारमा सर्वसाधारणका लागि खुला गर्नका लागि अहिले सरसफाई र बत्ती राख्ने काम भइरहेको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ । मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो । गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए । प्रवक्ता डंगोलले यसपालि तिहारमा खुल्ला गरिएपनि कोरोनाका कारण भीडभाड गर्न नदिने बताएका छन् ।

ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो । प्राधिकरणले पनि भक्तपुरको एक उपभोक्ता समितिलाई जिम्मा दिएपछि कामले तीब्रता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता