Logo

गुडिरहेको बस माथि बम हमला, ९ को निधन ३९ ग म्भीर घाइते



एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आ क्र मणमा परी अरु ३९ जना घाइते भएका छन् ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्या न लिएको बताइएको छ ।

सो बसमा रहेका अरु ३९ जना नराम्ररी घा  इते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घा इते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

त्यहाँका सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पतालसम्म पु¥याएको छन् । उनीहरु उद्धारको काममा खटिरहेका बताइएको छ ।यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । त्यहाँका सुरक्षाकर्मीहरुले सो ब म हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्म सो हमलाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन ।(सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता