Logo

‘नेपालमा अब खराब शासक गए, असल शासक आए’ – चौधरी



नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सर्वोच्चको परामदेशले ‘खराब शासक’ को अन्त्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीलाई उनले खराब शासक भनेका हुन् । साथै यस्तो शासक नेपाली धर्तीमा देख्न नपरोस् भन्दै कामना समेत गरेका छन् ।

‘केपी ओली नामको खराब शासकको अत्य । फेरी यस्तो शासक नेपाली धर्तीमा देख्न नपरोस्,’ प्रतिनिधिसभा सदस्य चौधरीले फेसबुकमा लेखेका छन् । साथै उनले राष्ट्रपटि बिद्यादेबी भण्डारीलाई कठपुतली भन्दै ब्यंग्य गरेका छन् ।

उनले लेखेको छन् ‘बिद्या देबी भण्डारी जस्तो कठपुतली राष्ट्रपति झुक्कीएर पनि नेपालका राजनैतिक दलहरुले बनाउन बाध्य नहोउन् ।’ साथै उनले अब नियुक्त हुने प्रधानमन्त्रीलाई मुलुकको हितका निँम्ती काम गर्नका लागि शुभकामना समेत दिएका छन् ।

उनी फेसबुकमा लेख्छन्, अब बन्ने प्रधानमन्त्रीको क्षमतामा समृद्धि होस । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थामा सोहि अनुसारको कार्यशैलि र आचरण निर्माणमा ध्यान पुगोस । आफु भन्दा पनि नेपालको संविधान र स्थापित नजिरलाई सर्वोच्च स्थानमा राखी मुलुकलाई समृद्धितर्फ लान सफलता मिलोस हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता