Logo

मदनकृष्ण श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको कोरोनाभाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार गरिएको आफ्नो पीसीआर परीक्षण नेगेटिभ आएको मदनकृष्णले जानकारी दिएका छन् ।

 

केही दिन हरिवंश र उनकी पत्नी रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हरिवंशलाई कोरोना देखिएपछि आफू झसङ्ग भएको मदनकृष्णले बताए । हरिवंशसँगै सुटिङमा गएको र एउटी गाडी चढेकाले आफूलाई पनि कोरोना संक्रमण भयो भनेर झसङ्ग भएको उनले बताए ।

तर, शुक्रबार बी एण्ड बीमा गरिएको पीसीआर परीक्षण नेगेटिभ आएको मदनकृष्णले जानकारी दिए । उनी पार्किन्सन, प्रेसर, प्रोस्टेटको औषधि सेवन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता