Logo

यसपालीको दशैंको आशिर्वाद अनलाइन र फोनबाट लिन सरकारको अपील



काठमाडौं । सरकारले यस वर्षको दशैंमा आफ्ना मान्यजनको हातबाट टीका ग्रहण नगर्न अपील गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मान्यजनको हातबाट दशैंको टीका ग्रहण गर्न जाँदा कोरोनाभाइरस संक्रमणको जोखिम बढ्ने भन्दै आफू बसेकै स्थानमा दशैँ मनाउन अपील गरेको छ ।

शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस वर्ष दशैँको आशिर्वाद अनलाइन र फोनमार्फल लिनदिन आग्रह गरेका हुन् ।

दशैंको आशिर्वाद लिन जाँदा जेष्ठ नागरिकहरु कोरोना संक्रमणको जोखिममा पर्ने भएकाले फोन तथा अनलाइनमार्फत आशिर्वाद लिन उनको आग्रह छ ।

यस दशैंको उत्तम साइत कात्तिक १० गते बिहान १०ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता