Logo

आज देशका यी स्थानमा पानी पर्ने



काठमाडौं – शनिबार देशभरको मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिएका छ ।

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । भने अन्य स्थानको मौसम सफा रहनेछ ।

आज दिउँसोपछि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने । बाकीँ प्रदेशको मौसम सफा रहनेछ । त्यस्तैप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता