Logo

गर्भधारणमा कोरोनाको खतरा बढ्यो, हरेक १६ सेकेण्डमा एक मृत बच्चा जन्मने चेतावनी



काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) र यसका सहयोगी संगठनहरूले कोरोनाभाइरस महामारीको बढ्दो प्रकृतिबारे चेतावनी दिएका छन् । ती संगठनहरूले गर्भवती महिला र उनीहरूको गर्भधारणमा कोरोनाभाइरसको खतरा बढेको बताएका छन। डब्लुएचओ सुसुचित गर्दै भन्यो, ’यदि यसरी नै कोरोनाभाइरसको संक्रमण बढ्यो भने हरेक १६ सेकेण्डमा एक मृत बच्चा जन्मिने छ।’

यसका साथै ती संगठनहरुले हरेक बर्ष २० लाखभन्दा बढी स्टिलबर्थ देखापर्ने छन्। गर्भधारण गरेको २८ हप्तामा पछि यदि मृत शिशुको जन्मिए वा प्रशवको क्रममा यदि शिशुको मृत्यु हुने अवस्थालाई स्टिलबर्थ भनिन्छ। डब्लुएचओको एक रिपोर्टअनुसार स्टिलबर्थको प्रायःजसो घटनाहरू विकासोन्मुख देशहरुमा हुने गर्दछ।

त्यसैगरी उक्त रिपोर्टमा प्रत्येक वर्ष २० लाख मृत शिशुहरु जन्मिने गरेका छन्। यस बाहेक युनिसेफकी कार्यकारी निर्देशक हानेरिटा फोरले भनिन्, ‘कोरोनाका घटनाहरू यसरी नै वृद्धि भयो भने हरेक १६ सेकेण्डमा विश्वभरका कुनै न कुनै महिला यस्तो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ।

उनले भने यस्ता घटनाहरुलाई रोक्न दक्ष चिकित्सक, दैनिक हेरचाह र नियमित अनुगमको आवश्यक पर्दछ। प्रतिवेदनका अनुसार महामारीका कारण स्वास्थ्य सेवाहरुमा ५० प्रतिशतले गिरावट आएको छ। जसका कारण अर्को वर्ष ११७ विकासोन्मुख देशहरुमा २० लाख भन्दा बढी स्टिलबर्थको घटनाहरु देख्न सकिन्छ।

नेपालमा अल्पसंख्यक जातिका महिलाहरूमा स्टिलबर्थको दर उच्च वर्गका महिलाहरूको तुलनामा ६० प्रतिशत बढी रहेको डब्लूएचओको तथ्यांकमा रहेको अलजजीराले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता