सिसौंको गोलियासहित आलम पक्राउ

वीरगंज, २३ असोज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरबाट सालको गोलियासहित एकजना काठ तस्कर पक्राउ परेका छन् ।
गएराति सोही ठाउँ बस्ने नूर आलमले बिआर २२ टी ७४३८ नं.को भारतीय मोटरसाइकलमा तीन थान सिसौको गोलिया लगिरहेको अवस्थामा वन गस्ती र जगदम्बा सामुदायिक वन उपभोक्ता समूहका सदस्यले पक्राउ गरेको हो ।
पक्राउ परेका आलमलाई डिभिजन वन कार्यालय पर्सामा बुझाइएको जगदम्बा सामुदायिक वनका अध्यक्ष सुरेन्द्र महतोले जानकारी गराए ।