Logo

यीनलाई मन्त्री बनाउन ओली राजी, प्रचण्डको गोजीबाट यी नाम



काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भरसक दशैं अघि मन्त्रीमण्डल पुर्नगठन गर्ने छाँट देखाएका छैनन् । तर, गर्नैपर्ने उनको सूची तयार छ । ओलीले आफ्नो सूचीबाट मात्र नभई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सूचीमा समेत आफ्ना मान्छे पार्न चाहेका छन् ।

ओलीको सूचीमा इश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, लेखराज भट्ट र भानुभक्त ढकालले निरन्तरता पाउने बुझिएको छ । विष्णु पौडेललाई अर्थ दिने, भीम रावल, सुरेन्द्र पाण्डे, तुलसा थापा, महेश बस्नेत र किसान श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी छ । तुलसालाई मन्त्री बनाएर वामदेव गौतमलाई चुप लगाउने ओलीको तयारी छ ।

यसपटक गिरिराजमणि पोखरेल, धनश्याम भुषाल, पद्मा अर्याल, शक्ति बस्नेत, हृदयश त्रीपाठी, रामेश्वर राय पनि हट्ने सम्भावना छ । पूर्व माओवादीबाट विना मगरलाई पनि निरन्तरता नदिने ओलीको चाहना रहेको बुझिएको छ ।

प्रचण्डले जर्नादन शर्मा, पम्फा भुषाल, देव गुरुङ, मातृका यादव र देवेन्द्र पौडेललाई मन्त्री बनाउन चाहेका छन् । यी नाम बालुवाटार पुगेको छ । तर, ओली गुरुङ र यादवलाई मन्त्री बनाउन चाहिरहेका छैनन् । उनको चाहना टोपबहादुर रायमाझी र प्रभु शाहको नाम आओस् भन्ने रहेको बुझिएको छ । रायमाझीले पछिल्लो समय ओलीलाई साथ दिइरहेका छन् । प्रभु शाह माधवकुमार नेपाललाई रौतहटमा अप्ठ्यारो पार्ने क्षमता राख्छन् ।

ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई साइजमा ल्याउन विरोधीहरुलाई मन्त्रीमण्डलमा सहभागी गराउने तयारी समेत गरेका छन् । यसपटक प्रचण्डलाई साथ छाड्ने, माधवकुमार नेपाललाई चुनौती दिनसक्नेको सम्भावना बलियो देखिएको छ । प्रचण्डलाई संकट पर्दा साथ छाड्ने टोपबहादुर रायमाझीले मन्त्री पाउने सम्भावना छ । लेखराज भट्टले प्रचण्डलाई चुनौती दिएकाले उनको पनि सरकारमा निरन्तरता निश्चितप्रायः छ । रायमाझी प्रचण्डबाट टाढिएका छन् । लेखराज भट्टलाई पनि सरकारमा निरन्तरता दिन खोजेका छन् । भट्ट पछिल्लो समय प्रचण्डको गुट त्यागेका स्थायी कमिटी सदस्य पनि हुन् ।

ओलीले माधव नेपाललाई कडा काउन्टर दिने रणनीति समेत बनाएका छन् । त्यसका लागि नेपालको गृहजिल्ला रौतहटमा असजिलो बनाइदिने गरी प्रभु शाहलाई मन्त्री बनाउने तयारी भएको छ । शाह रौतहटमा निकै प्रभावशाली मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता