Logo

देखिनथाले लामो पुलमा आन्तरिक पर्यटक



बलेवा, २३ असोज: कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा हटेकाले आन्तरिक पर्यटक देखिन थालेका हुन् ।

बन्दाबन्दीको समयमा सर्वसाधारणलाई सो पुलमा प्रबेश गर्न रोक लगाइएको थियो । बागलुङ नगरपालिकाको पहलमा निर्माण कम्पनीले हालै पुल सर्वसाधारणका लागि खुल्ला गरेपछि घुम्न आउनेहरु बढेको नगरप्रमुख जनकराज पौडेलले बताए ।
“‘मर्निङ वाक’मा पुग्नेहरु र ‘इभिङ् वाक’ गर्नेहरु पुल घुम्न पुग्ने गरेका छन्’ उहाँले भन्नुभयो “कोरोनाको त्रास हुँदा पनि देखिएको चहपल सुखद छ ।”

दशैं र तिहारजस्ता पर्व नजिकीएको र मौसममा समेत सुधार आएपछि बागलुङ र पर्वतका गाउँ गाउँबाट पुल हेर्न आउनेहरु बढेको पर्यटन पत्रकार समूहका जिल्लाअध्यक्ष बिजय रानाले बताए । असोज १देखि सार्वजनिक यातायात पनि खुल्ला भएपछि यो पुलमा थप चहल पहल बढेको उनको भनाइ थियो ।

उक्त नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५६७ मिटर लामो छ । यो सिङ्गल स्पानको पुल कालिगण्डकी नदीदेखि १६५ मिटर उचाइमा छ । सिङ्गल स्पान संसारकै लामो भएको जिकिरसहित यसलाई गिनिज बुकमा लेखाउने प्रकृयासमेत नगरपालिकाले थालेको छ ।

सो पुलबाट हेर्न सकिने पकृतिक दृष्यले पर्यटकलाई लोभ्याउँछ । प्रसिद्ध कालिका भगवतीको मन्दिर क्षेत्र, कालिगण्डकीको बहाव र दर्जनौ हिमऋङ्खला देखिने भएकाले यहाँ पर्यटक लोभिएको पर्यटन बिकास समितिका जिल्लाअध्यक्ष राजु खड्काले बताए । पुलमा पर्यटक देखिन थालेसँगै बागलुङ कालिका मन्दिरमा समेत चहलपहल देखिन थालेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता