Logo

निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएकै दिन काठमाडौंमा आयो संक्रमितको नसोचेको तथ्याङ्क, खतरा कायमै ?



काठमाडौ । काठमाडौमा मंगलवारवाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय भयो । २५ सिट भन्दा माथिका सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय भयो । पसल ब्यवसाय संचालन गर्न पनि छुट गरियो । तर सोमवार भने काठमाडौ उपत्यकामा संक्रमितको संख्या फेरी बढ्यो ।

यो तथ्याकंले निषेधाज्ञा खुकुलो गरेपनि खतरा घटेको छैन भन्ने देखाएको छ । परिक्षण घटेका कारण संक्रमितको संख्या थोरै देखिएको हो । तर काठमाडौं उपत्यकामा आइतवारको तुलनामा कोरो सोमवार संक्रमितको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१४ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार ४२४ जनामा संक्रमण देखिएको थियो। सोमवार काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा को भिड १९ संक्रमण देखिको छ। ६ हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार३ हजार ८५३ जना संक्रमण मुक्त भएका छन्। यससँगै सक्रिय को रोना संक्रमितको संख्या ३७ हजार ९५० पुगेको छ। यस्तै, संक्रमणका कारण थप ४२ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण ९ हजार ५१ जनाको मृत्यु भइसकेको छ।

योसँगै सक्रिय संक्रमितको संख्या काठमाडौंमा चार हजार ४५३, ललितपुरमा दुई हजार २०६ र भक्तपुरमा एक हजार ७३८ पुगेको छ। आइतवार देशभर ११ हजार ६४० जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४४ जनामा संक्रमण देखिएको छ। को रोनाबाट ४० जनाको मृत्यु भएको छ भने तीन हजार ८५३ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता