Logo

डा. केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच तयार भएको मस्यौदा प्रधानमन्त्रीकहाँ



काठमाडौं, २३ असोज । अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच हिजो राति अवेरमा तयार पारिएको सहमतिको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेको छ । वार्तामा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले दिएको जानकारीअनुसार दुवै तर्फका प्रतिनिधिबीच हिजो अवेर राति भएको सहमतिको मस्यौदा प्रधानमन्त्री ओलीसमक्ष पुर्याईएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मस्यौदाको अध्ययन गरेपछि सरकारी वार्ता टोलीमा उक्त मस्यौदा फिर्ता आउने र सरकारी वार्ता टोलीले नै आज वार्तामा बस्ने वा नबस्ने भन्नेबारे तय हुनेछ । विभिन्न ६ बुँदे माग राखि डाक्टर केसी २६ दिनदेखि अनशनमा छन् । अहिलेसम्म सरकारको तर्फबाट शिक्षा सचिव गोपी मैनालीबाहेक कोही पनि केसीलाई भेट्न गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता