Logo

नयाँ नाेट पाइएला कि नपाइएला भन्ने सर्बसाधारणमा चासाे,राष्ट्र बैंकले लाइन लगाएर वितरण नगर्ने



काठमाडौँ, २३ असोज। नेपालीहरुको महान चार्ड दशैं शुरु हुन करिब दुई साता भन्दा कम समय छ। नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैअघि वितरण गर्दै आइरहेको नयाँ नोट यस वर्ष साटन पाइएला कि नपाइएला भन्ने चासो आम मानिसमा बढेको छ।
केन्द्रीय बैंकले हरेक वर्ष दशैअधि नयाँ नोट वितरण गर्ने गरेको छ। यस वर्ष कारोनाको माहामारी बढ्दै गएकाले नयाँ नोट वितरण गर्ने कि नगर्ने भन्नेमा केन्द्रीय बैंक पनि अन्योलमा देखिएको छ।

कार्तिक १ गते घटस्थापना रहेको छ। सो पश्चात दशैं सुरु हुन्छ। अब ८ दिन मात्रै बाँकी छ। फुलपातिको दिनदेखि सार्वजानिक विदा रहेको छ। फुलपाति सुरु हुन अब २ साता मात्रै समय छ। तर यतिबेलासम्म नयाँ नोट कसरी वितरण गर्ने भनेर केन्द्रीय बैंकले कुनै ठोस निर्णय गर्न सकेको छैन्।

कोरोनाको संक्रमण बढ्दै गएकोले केन्द्रीय बैंक पनि नयाँ नोट के गर्ने भन्ने विषयमा अन्योलमा देखिएको हो। दशै आउन एक साता मात्रै बाँकी रहदा पनि अझै नयाँ नोट के गर्ने भन्ने विषयमा निर्णय नभएको केन्द्रीय बैंकका प्रबक्ता गुणाकर भट्ट बताउछन्।

केन्द्रीय बैंकले कारोनाको अवस्था हेरेर नयाँ नोट वितरण गर्ने कि नगर्ने अर्थात कसरी गर्ने भन्ने निर्णय गरिने बताउदै आएको थियो। तर कोरोनाको संक्रमण बढै गएको छ। देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघिसकेको छ। यसले गर्दा यस वर्ष लाइन लगाएरै नयाँ नोट वितरण गर्ने पक्षमा राष्ट्र बैंक छैन।

“यस वर्ष कसरी नोट वितरण गर्ने भन्ने विषयमा कुनै ठोस निर्णय हुन सकेको छैन” केन्द्रिय बैंकका मुद्रा व्यवस्थापन विभाका कार्यकारी निर्देशन रेवती नेपालले भने “यस वर्ष लाइन लगाएरै नोट वितरण गर्ने पक्षमा भने हामी छैनौ। ”

यस अधि नै केन्द्रीय बैंकले दशैमा नयाँ नोट वितरण गर्न नहुने धारण राख्दै आएको थियो। दशैमा नयाँ नोट वितरण गर्दा नोटको आयु चाँडै सकिने भन्दै केन्द्रीय बैंकमा छलफल समेत भएको थियो। जसले गर्दा अहिले अन्य चार्डपर्वमा पनि नयाँ नोट वितरण गर्न थालिएको छ। यस वर्ष झनै लाइन लगाएर नयाँ नोट वितरण गर्दा कारोनाको जोखिम बढ्ने हुँदा दशैमा धेरै नयाँ नोट बाहिर नजाने देखिएको छ।

उपत्यकामा कोरोनाको जोखिम बढ्दो छ। सरकारले जहाँ छौ त्यही बसेर दशैं मनाउन आग्रह गर्दै आएको छ। यस पटकको दशैंमा गत वर्षहरुको तुलनामा कमै मात्र चहलपहल हुने देखिन्छ। यसै कारण पनि नयाँ नोटको माग यस वर्ष कमै होला।

करोडौ रुपैयाँ खर्चेर छपाइएको नयाँ नोट दशैंमा वितण गर्दा रङले नोटको आयु घट्ने गरेको छ। दशैमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिदा देशलाई नै घाटा हुने भन्दै यसअघि नै केन्द्रीय बैंकले दशैमा नयाँ नोट वितरण नगर्ने योजना बनाएको थियो।

यस वर्ष नयाँ नोट वितरण गरे पनि कसरी गर्ने भन्ने निश्चित छैन। बैंकहरुमार्फत नयाँ नोट उपलब्ध गराउने तयारी समेत केन्द्रीय बैंकले गरेको थियो। तर यसमा ठोस निर्णय भने अझै भइसकेको छैन्।-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता