Logo

धनुषामा छोराले बाबुसँग अंश मागे, नदिएपछि बाबुलाई नै सिध्याई दिए



धनुषामा अनौठो घटना भएको छ । हिन्दू समाजमा बाबु आमालाई भगवान पछिको दोश्रो अवतारका बाबु आमाको पूजा गरिन्छ । तर एक जना छोराले भने आफ्नै बाबुलाई यो सन्सारबाट बिदा गरिदिएका छन् । छोराले बाबुसँग अंश मागेका थिए । बाबुले नमानेपछि उनले यस्तो गरेका हुन् । अंश वि वा दमा छोराले बिहीबार राति घ टना गरेका थिए ।

धनुषाधाम नगरपालिका– १ काशिपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै कान्छो छोरा श्रीकृष्ण यादवले त्यस्तो गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । वि वा द भएपछि रिसाएका छोरा श्रीकृष्णले मसला कु ट्ने खलले गरी बाबुलाई सन्सारबाटै बिदा गरिदिएको प्रहरीले बताएको छ ।

अंशबण्डा र अन्य घरायसी विवादका कारण घरमा निरन्तर झै वि वा द भइरहेको स्थानीयको भनाइ छ । घ टनामा सं ल ग्न रहेको आ रो प मा प्रहरीले विशोका कान्छो छोरालाई पक्राउ गरेको छ । सोधपुछको क्रममा घट ना स्वीकार गरेपछि उनलाई घरबाटै पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।

यादवको श व पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो । यादवका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता